Posted Date : 2025-01-16

काठमाडौँ — नेपालका लागि एमजी मोटरको अधिकृत आयातकर्ता र वितरक प्यारामाउन्ट मोटर्सले काठमाडौं उपत्यकामा दुई नयाँ आधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।


कम्पनीले काठमाडौंको सुकेधारा र भक्तपुरको सल्लाघारीमा थप सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । यी दुई सेवा केन्द्रमा ग्राहकको सेवालाई ध्यानमा राख्दै सम्पूर्ण सुविधा उपलब्ध गराइएको कम्पनीको दाबी छ । नयाँ शाखा विस्तार गर्नु कम्पनीका लागि खुसीको विषय रहेको कम्पनीले बताएको छ । यसबाट ग्राहक लाभान्वित हुने कम्पनीको विश्वास छ ।

Source : Kantipur

FEATURED NEWS