Posted Date : 2024-09-17

पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी डिलक्सको विशेष दशैं अफर चाँडै सकिने घोषणा गरेको छ।​​


एमजी मोटर्स नेपालले एमजी मोटर्सको १०० वर्षको उत्सवमा शुरू गरेको अफर आगामी शुक्रबार सकिने जानकारी दिएको हो । 

मा एडास लेभल २ प्रविधि र वायरलेस चार्जिङको सुविधा पनि उपलब्ध छ।

'हामी हाम्रा ग्राहकहरूको सकारात्मक प्रतिक्रियामा उत्साहित छौं। अपूर्व प्रतिक्रियाका कारण हामी अफरलाई अपेक्षाभन्दा चाँडै समाप्त गर्दैछौं ।  भविष्यको विद्युतीय गतिशीलता अनुभव गर्न चाहने सबैलाई २० सेप्टेम्बर अघि नजिकको एमजी शो रुममा पुग्नको लागि प्रोत्साहित गर्दछौं,' पारामाउन्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'सडकमा बढ्दो सवारीका कारण हामी पनि हाम्रा सेवाहरू विस्तार गर्न प्रतिबद्ध छौं । दशैंअघि नै हामी सल्लाघारी, भक्तपुर र सुकेधारा, काठमाडौंमा दुई वटा सेवा केन्द्र खोल्नेछौं ।'​​​

पारामाउन्ट मोटर्स नेपालमा एमजी मोटर्सको आधिकारिक वितरक र आयात कर्ता हो । जसले उत्कृष्ट गाडी र अत्युत्तम ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध छ।

नवप्रवर्तन र उत्कृष्टतामा ध्यान केन्द्रित गर्दै पारामाउन्ट मोटर्सले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट अटोमोटिभ समाधान प्रदान गर्ने लक्ष्य राखेको छ।

Source : Lokaantar

FEATURED NEWS