काठमाडौं । नाडा अटो शो २०२४मा सार्वजनिक गरिएको एमजी मोटर्सको साइबरस्टर ईभी एकैदिनमा सोल्डआउट भएको छ । मंगलवार सार्वजनिक भएको उक्त सवारी साधन त्यही दिन सोल्डआउट भएको हो ।
नेपाली बजारमा पारामाउन्ट मोटर्सले एमजी साइबरस्टरका दुई ओटा युनिट ल्याएको थियो । कम्पनीले नेपाली बजारमा यो ईभीको मूल्य एक करोड ६८ लाख रुपैयाँ तोकेको छ ।
स्पोर्टी डिजाइन भएको गाडीले अवलोकनकर्ताको ध्यान खिचेको थियो । गाडी सोल्डआउट भएपछि नाडा अटो शो २०२४ मा एमजीको स्टलबाट यो गाडी हटाइएको छ ।३७५ किलोवाट क्षमताको मोटर रहेको यो गाडीले ७२५ अधिकतम ५४४ पीएस तथा ७२५ एनएम टर्क दिन सक्छ । ३.२० सेकेन्डमै शून्यबाट १०० किलोमिटरको गति लिन सक्ने साइबरस्टरले ५०३ किमीभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ ।
जुन १५० किलोवाट डीसी चार्जरबाट ३८ मिनेटमै ८० प्रतिशत चार्ज हुने बताइएको छ ।
गाडीमा १९ इन्चको अलोय ह्विल, सिजर ओपनिङ डोर, फुल्ली इलेक्ट्रिक हुड, लन्च कन्ट्रोल, ७ इन्चको टच स्क्रिन, र्यापअराउन्ड ३ स्क्रिन ककपिट, एन्ड्रोइड अटो तथा एप्पल कार प्ले, आठ ओटा स्पिकर सहितको बोस अडिओ सिस्टम, रियर ह्विल ड्राइभ, १९५ किमी प्रति घण्टासम्मको उच्च गति जस्ता सुविधा यो गाडीमा पाउन सकिन्छ ।
एमजी साइबरस्टर ईभीमा सफ्ट–टप कन्भर्टिभल (हुड नै पछाडि सार्न मिल्ने) रहेको छ, जुन १० सेकेन्डमै खोल्न र बन्द गर्न सकिने बताइएको छ । यसले ५० किलोमिटर प्रति घण्टाको गतिमा समेत काम गर्छ । यसबाट सुरक्षित र आरामदायी पन कायमै राखेर खुला हावामा ड्राइभिङको आनन्द लिन सकिन्छ ।
यो गाडीमा पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर राखिएको छ । यसमा ७७ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री पाउन सकिन्छ ।
FEATURED NEWS

काठमाडौं । एमजि गाडीको लागि नेपालको आधिकारिक वितरक एवम आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजि कमेट इभि र एमजि ४ इभि सार्वजनिक गरेको छ ।

काठमाडौं । एमजि गाडीका लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजि कमेट र एमजि ४ इभि सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरुको भीडमा यी दुई मोडल नयाँ नाम हुन् ।

काठमाडौं । पारामाउन्ट मोटर्सले नेपाली बजारमा ‘एमजी कमेट ईभी’ र ‘एमजी ४ ईभी’ सार्वजनिक गरेको छ । कम्पनीले आइतबार काठमाडौं एक कार्यक्रमको आयोजना गर्दै दुई मोडलका विद्युतीय सवारीसाधन सार्वजनिक गरेको हो ।

पारामाउन्ट मोटर्सले आइतबार काठमाडौंमा २ वटा नयाँ गाडी सार्वजनिक गरेको छ।
एमजी ४ र कमेट विद्युतीय गाडी एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

नेपाली अटो बजारमा केही समयदेखी चर्चा कमाउँदै आएका एमजी–४ र कमेट ईभीको मूल्य आज सार्वजनिक भएको छ । एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारमाउन्ट मोटर्सले आइतवार एक कार्यक्रमको आयोजना गरी यी दुई ईभीको मूल्य सार्वजनिक गरेको हो ।

काठमाडौं । एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजी कमेट इभी र एमजी४ इभी सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरूको भीडमा यी दुई मोडल नयाँँ नाम हुन् ।

MG ZS EV

KATHMANDU, MARCH 19: Paramount Motors, the authorized dealer of MG Motors in
Nepal, has successfully completed the “MG4 EV Strength Test”, the first EV Endurance Test ever organized in the country.
.jpeg)
KATHMANDU, JULY 15
MG Motors, renowned for its strong presence in Nepal, has once again showcased its global prowess, with the MG4 EV completing a trailblazing expedition to the Kora-la Pass in Upper Mustang. The vehicle reached an impressive elevation of 4,660 meters, demonstrating its innovation and reliability.

United Kingdom | 15th July 2024: Celebrating its 100th anniversary in style at the prestigious Goodwood Festival of Speed, MG Motors has unveiled the spectacular MG Cyber GTS Concept

This innovative app aims to provide a seamless user-friendly experience, ensuring convenient and efficient charging solutions for MG EV owners across the nation.

काठमाडौं । नेपालमा एमजी मोटर्सको अधिकृत बिक्रेता पारामाउन्ट मोटर्सले इलेक्ट्रिक गतिशीलता पहुँचलाई सुधार गर्न एनआईएमबी बैंकसँग साझेदारी गरेको छ। साझेदारीसँगै ग्राहकलाई एमजी मोटर्सले इलेक्ट्रिक गाडीमा ८० प्रतिशतसम्मको वित्तीय सुविधा उपलब्ध गराउने भएको छ।

नेपालमा एमजी मोटर्सका लागि आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले दशैंअघि काठमाडौं उपत्यकाका दुई नयाँ स्थानमा अत्याधुनिक सेवा केन्द्र सञ्चालन गर्ने भएको छ ।

काठमाडौं । गत हप्ताको मंगलबारदेखि यो हप्ताको आईतबारसम्म अर्थात ६ दिनसम्म चलेको नाडा अटो शोमा अटो व्यवसायीहरुले ४ हजार बढी गाडी बुकिङ भएको दावी गरेकाछन् । तर, ज्यादै न्यून मूल्यमै बुकिङ गर्न पाईने र कतिपय गाडी बुकिङ गरेको पैसा समेत पछि गाडी बुकिङ नगरेको अवस्थामा फिर्ता पाईने भएकै कारण धेरैजसोले एकभन्दा बढी गाडीहरु बुकिङ गरेको पाईएको छ ।

काठमाडौं- एमजी मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नाडा अटो शो र दसैँ लक्षित गरि ल्याएको विशेष अफर चाँडैनै सकिएको जनाएको छ। कम्पनीले जेडएस ईभी डिलक्समा विशेष अफर ल्याएको थियो।

पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी डिलक्सको विशेष दशैं अफर चाँडै सकिने घोषणा गरेको छ।

काठमाडौं । नेपालमा एमजी मोटर्सको आधिकारिक वितरक र आयातकर्ता पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी डिलक्सको नाडा–दसैँ अफर सकिन लागेको घोषणा गरेको छ ।

काठमाडौँ — नेपालका लागि एमजी मोटरको अधिकृत आयातकर्ता र वितरक प्यारामाउन्ट मोटर्सले काठमाडौं उपत्यकामा दुई नयाँ आधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।