चाडपर्वको समयमा उपभोक्ताले एमजी जेडएस ईभी ४६ लाख ९९ हजार खरिद गर्न सक्ने पारामाउन्ट मोटर्सको भनाइ छ।
एमजी जेडएस ईभी डिलक्समा उत्कृष्ट सुरक्षा विशेषताहरू रहेका छन्। जसमा छ वटा एयरब्याग, अटो होल्ड, हिल लन्च असिस्ट, फ्रन्ट कोलिज़न वार्निङ र स्पीड असिस्टेंस सिस्टम समावेश छन्। यसमा एडास लेभल २ प्रविधि र वायरलेस चार्जिङको सुविधा पनि उपलब्ध छ।
'हामी हाम्रा ग्राहकहरूको सकारात्मक प्रतिक्रियामा उत्साहित छौँ। अपूर्व प्रतिक्रियाका कारण हामी अफरलाई अपेक्षाभन्दा चाँडै समाप्त गर्दैछौँ। भविष्यको विद्युतीय गतिशीलता अनुभव गर्न चाहने सबैलाई २० सेप्टेम्बर अघि नजिकको एमजी शो रूममा पुग्नको लागि प्रोत्साहित गर्दछौँ,' पारामाउन्ट मोटर्सका प्रवक्ताले भने, 'सडकमा बढ्दो सवारीका कारण हामी पनि हाम्रा सेवाहरू विस्तार गर्न प्रतिबद्ध छौँ। दसैँअघि हामी सल्लाघारी, भक्तपुर र सुकेधारा, काठमाडौंमा दुईवटा सेवा केन्द्र खोल्नेछौँ,' उनले थपे।
पारामाउन्ट मोटर्स नेपालमा एमजी मोटर्सको अधिकृत वितरक र आयातक हो, जसले उत्कृष्ट गाडी र अत्युत्तम ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध छ। नवप्रवर्तन र उत्कृष्टतामा ध्यान केन्द्रित गर्दै, पारामाउन्ट मोटर्सले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट अटोमोटिभ समाधान प्रदान गर्ने लक्ष्य राखेको छ।